हवाई भाडा बढ्यो, काठमाडौँ–धनगढीको भाडा १६ हजार ८०० रुपैयाँ



काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै हवाइ भाडा पनि बढेको छ । बुधबारदेखि लागू हुने गरि आन्तरिकतर्फको हवाइ भाडा बढेको हो । वायुसेवा संचालक संघका अनुसार एउटै रुटमा ८४० रुपैयाँसम्म वृद्धि भएको छ ।

संघका अनुसार काठमाडौंबाट सबैभन्दा धेरै धनगढीका लागि ८४० रुपैयाँ भाडा बढी लाग्ने छ । अब काठमाडौं–धनगढी रुटको भाडा अधिकतम १६ हजार ८०५ रुपैयाँ पुगेको छ ।


काठमाडौं माउन्टेन फ्लाइटको भाडा ६५५ रुपैयाँले बढेर १४ हजार ७२० रुपैयाँ पुगेको छ । त्यसैगरी काठमाडौं–भद्रपुर ५७० रुपैयाँले बढेको छ भने काठमाडौं–विराटनगर ४५५ रुपैयाँ बढेको छ। काठमाडौबाट हुने अन्य गन्तव्यहरु जनकपुरमा २४५, भरतपुर २००, पोखरा ३००, भैरहवा ३९५, नेपालगन्ज ६२०, धनगढी ८४०, तुम्लिङटार ३५० र सिमराको १७० रुपैयाँले बढेको छ।

यस्तै, सबैभन्दा कम काठमाडौँ–सिमरा ७० रुपैयाँले बढेको भाडा अनुसार अधिकतम ४ हजार १९५ रुपैयाँ तोकिएको छ । आइतबार नेपाल आयाल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्य समेत प्रतिलिटर १९ रुपैयाँले बढाएको थियो । यस लगत्तै वायु सेवा सञ्चालक संघले पनि हवाई भाडा वृद्धि गरेका हुन् ।