स्कारपियोको ठक्करबाट पैदल यात्रीकाे मृत्यु



राजविराज । सप्तरीको डाक्नेश्वरी नपा–१ कविलासामा आज स्कारपियोको ठक्करबाट एक व्यक्तिको ज्यान गएको छ ।

भित्री सडकखण्डमा जन्तीमा आएको बा१८च ९३९० नंंको स्कारपियोले पछाडि ब्याक गर्ने क्रममा पैदल यात्री डाक्नेश्वरी–४ भुतही बस्ने ५० वर्षीय रघुवीर रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।


यता ठक्कर दिने स्कारपियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।