वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउन संगठनको माग



काठमाडौँ । एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन नेपालले वैदेशिक रोजगार क्षेत्रमा देखिएका तमाम समस्याको समाधान गरी व्यवसायलाई मर्यादित र सुरक्षित बनाउन माग गरेको छ ।

बुधबार नवनियुक्त श्रममन्त्री शेरबहादुर कुँवरलाई ज्ञापनपत्र बुझाउँदै संगठनले यस्तो माग गरेको हो । संगठनले वर्षमा एकसय जना कामदार विदेश पठाउनुपर्ने बाध्यात्मक व्यवस्था पुनर्विचार गर्न माग गरेको छ ।