बोलेरोको ठक्करबाट तनहुँमा दुईको मृत्यु



तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटाैँडा उपमहानगरपालिका–१३ बस्ने २६ वर्षीय दयाराम मुक्तान र भीमफेदी गाउँपालिका–१ निवासी २३ वर्षीय दिपेश गोलेको मृत्यु भएको हो ।

डुम्रेबाट दमौलीतर्फ आउँदै बा४३प ३०२० नम्बरको मोटरसाइकललाई विपरीत दिशामा गुडिरहेको ग३च ४१८२ बोलेरोले ठक्कर दिँदा उक्त घटना भएको हो । मुक्तानको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा र गोलेको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


बोलेरो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।