प्रतिनिधिसभा बैठक : बजेटसँग सम्बन्धित दुई विधेयक पारित



काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ती विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । ती विधेयक कानूनका रूपमा आगामी साउन १ गतेदेखि कार्यान्वयन हुनेछ ।


त्यसअघि बैठकमा कानून न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले कानून न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०७९’ पेश गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार ७ गते मङ्गलबार दिउँसो १.०० बजे बस्नेछ ।