प्रकाशकीयः पत्रकारिताको कर्म र धर्म निर्वाह गर्न दत्तचित्त भई लाग्ने छौं, लागिरहने छौं !



समआदरणीय आम पाठक, दर्शक, विज्ञापनदाता तथा शुभेच्छुकहरु

तपाईहरुको आर्शिवाद, साथ, सहयोग, हातेमालो अनि निरन्तर प्रेरणा, हौसला तथा खबरदारीका कारण एक्स्क्लुसिभ न्यूज टाईम अनलाईनले सफलताको पहिलो वर्ष पुरा गरेको छ । एकवर्षको अवधि समयका हिसावले छोटो कालखण्ड हो । तर यो चुनौतिपूर्ण घडीका वीचमा एक्स्क्लुसिभ न्यूज टाईमले पछिल्लो पटक विश्वकै नयाँ आयाम बनेको डिजिटल पत्रकारिताको पृथक अभ्यासमा छोटो समयमा निकै लामो सफर गरेको छ । प्रवासमा बसेर स्देशको समाचार दुनियाँलाई विश्वभर इन्टरनेटका तरंगहरुका साथ पस्कने हाम्रो एकवर्षे प्रयास सिकाई, भोगाई र तपाई आम पाठक तथा दर्शकहरुप्रतिको समर्पण सबै जोड र कोणबाट अत्यन्तै रोमाञ्चक रह्यो


आमसंचार तथा पत्रकारिता जगतको नविन प्लेटफर्म, शैली र अभ्यास हो डिजिटल पत्रकारिता । डिजिटल पत्रकारिताको नयाँ सदस्य एक्स्क्लुसिभ न्यूज टाईमलाई हामीले आम दर्शक, पाठक, श्रोता, विज्ञापनदाता तथा शुभेच्छुकहरुको साझा मिडिया चौतारीका रुपमा एकवर्षकै दौरानमा स्थापित गर्न सफल भएका छौं । ताजा ताजा सूचना, सत्यतथ्य, निष्पक्ष समाचार, शिक्षा, मनोरञ्जन तथा विज्ञापनको नयाँ सारथिका रुपमा हामीले यहाँहरु समक्ष हाम्रा प्रश्तुतीहरु ३६५ दिन नै निरन्तर पस्किरहयौं । हामीले गरेको वाचा सकेसम्म ईमानदारीताका साथ पुरा गर्ने हाम्रो भगिरथ प्रयत्न रह्यो । पलपलका सबै पक्षका, सबै खाले समाचार अपडेट तथा स्वतन्त्र विचारहरु मार्फत हामीले यहाँहरुको सूचना र समाचारको प्यासलाई केही हदसम्म भए पनि पुरा गर्न सकेको ठानेका छौं ।

भर्खर बामे सर्न खोज्दै गरको एक्स्क्लुसिभ न्यूज टाईमले धेरै ठूला होईन, आम नागरिक, देश र देशभक्तिमा समर्पित विश्भर छरिएर रहेका नेपाली मन, मुटु र मष्तिष्कहरुलाई निष्पक्ष, तटस्थ समाचार, विचार, विश्लेषण तथा मनोरञ्जनपूर्ण खुराकहरुका साथ सेवा र सहकार्यको नयाँ अनुभव आर्जन गरेको छ । बितेको एक वर्षको हाम्रो अभ्यासले हामीलाई यहाँहरुको साथमा जोडिन र निरन्तर अघि बढ्न थप हौसला र प्रेरणा प्रदान गरेको छ । यसका लािग हामी समस्त पाठक तथा दर्शक वर्गप्रति मनैदेखि आभारी छौं । हामीलाई विज्ञापन उपलव्य गराएर जीवन्त बनाईरहन प्रेरित गर्ने आम विज्ञापनदाताहरुप्रति हामी नतमस्तक छौं । यहाँहरुको अमुल्य, अतुल्य साथ र समर्थनका लागि हामी हृदयदेखि नमन गदछौं । हामीले यहाँहरुको साथ नपाएको भए, हामी आज पहिलो वार्षिकोत्सवको यो सुखद सफलता यहाँहरु समक्ष बाडन सफल हुने थिएनौं ।
हामीले एक्स्क्लुसिभ न्यूज टाईम अनलाईन सुरुवातकै चरणदेखि आम युवा वर्ग लक्षित हाजिरी जवाफ प्रतियोगिताको लाईभ प्रशारण सुरु गर्न सकेको यहाँहरुकै साथले गर्दा नै हो । हामीले सुरुवाती वर्षमा नै भिडियो न्यूज सेवा मार्फत सुन्ने, हेर्ने सबै दर्शकहरुको रुचि र आवश्यक्तालाई सम्वोधन गर्न सक्यौं ।

बितेको वर्षदिनको अनुभवले हामीलाई भावि यात्रा झन परिस्कृत,परिमार्जित र परिपक्व बनाउन अतुलनीय सहयोग मिलेको छ । बितेका दिनहरुमा जान अन्जानमा भएका सबै भुलहरुलाई हामी आगामी दिनमा नदोहोर्याउने वाचा गर्दछौं । हामी दुखमा आत्तिएनौं, सुखमा मात्तिने छैनौं । समाचार कर्मको यो अविरल यात्रामा हामी तपाईहरुकै हातमा हात, काँधमा काँध र साथमा साथ दिएर हातेमालो गरिरहने छौं ।

आगामी दिनहरुमा तपाई आम पठाक, दर्शक, विज्ञापनदाता र शुभेच्छुकहरुको न्यानो माया, विश्वास र साथ निरन्तर पाईरहनेमा हामी ढुक्क छौं । हामीलाई कमी कमजोरीप्रति आलोचनात्मक रुपमा सावधान गराईरहन यहाँहरुले कदापी नभुल्नु होला । हामी आउदा दिनहरुमा यहाँहरुको भावनालाई अझ बढी मुखरित गर्नेगरी आफ्नो कर्म र धर्म निर्वाह गर्न दत्तचित्त भई लाग्ने छौं, लागिरहने छौं । सबैभन्दा माथि देश, सबैभन्दा पहिले देश भन्ने मूलमन्त्रलाई हामी व्यवहारमा लागू गर्ने प्रणका साथ पहिलो वर्षको सफलतालाई अझ बृहत, विराट र जीवन्त बनाउन लागरिहने छौं । त्यसैले ह्याप्पी एनिभर्सरी एक्सक्लुसिभ न्यूज टाईम परिवार ।

उत्तम गौडेल
प्रकाशक
तथा
एक्स्क्लसिभ न्यूज टाईम परिवार ।