बेँसीशहर–चामे सडक पुनःसञ्चालन



लमजुङ । लमजुङ र मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्ड पुनःसञ्चालनमा आएको छ । यस सडकखण्डको सल्लाघारी भीरमा सडक ढलान गर्नका लागि आइतबारदेखि बन्द गरिएको थियो ।

बेँसीशहर–चामे सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–२ सल्लाघारीमा ढलान गर्नका लागि आइतबारदेखि सडक बन्द गरिएकोमा आज साँझ ६ बजेदेखि पुनः सञ्चालनमा आएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए । यात्रा असहज भइरहेको थियो तर यहाँ ढलान कार्य सम्पन्न भएसँगै दुर्घटनाको जोखिम कम र यात्रा पनि सहज भएको उनको भनाइ छ ।


उक्त खण्डमा २० मिटर सडक ढलान गरिएको छ । यस सडक ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ । सवारीसाधन सञ्चालन भएपछि यतिबेला यात्रु आआफ्नो गन्तव्यमा गइरहेका छन् ।