राष्ट्रियसभाअन्तर्गतका समितिमा सदस्य मनोनयन



काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभाअन्तर्गतका विभिन्न विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त नामावलीलाई मनोनयनका लागि प्रस्ताव प्रस्तुत गरेका थिए ।

मनोनयनअनुसार दिगो विकास तथा सुशासन समितिमा सांसदहरु कमलादेवी पन्त, कृष्णप्रसाद पौडेल, नारायणप्रसाद दाहाल, तुलप्रसाद विश्वकर्मा र सोनाम गेल्जेन शेर्पा रहेका छन् । त्यस्तै, विधायन व्यवस्थापन समितिमा सांसदहरु नारायणदत्त मिश्र, भुवनबहादुर सुनार, सुरेशकुमार आलेमगर र उदयबहादुर बोहरा रहेका छन् ।


बैठकले प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सांसदहरु युवराज शर्मा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, गोमादेवी तिमल्सिना, मदनकुमारी शाह (गरिमा), नरबहादुर विष्ट र मोहम्मद खालिद रहेका छन् । त्यसैगरी, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सांसदहरु दुर्गा गुरुङ, जगतबहादुर पार्की, जयन्तीदेवी राई र राजेन्द्रलक्ष्मी गैरे रहेका छन् ।

राष्ट्रियसभाबाट संसदीय सुनुवाइ समितिमा खिमलाल भट्टराईलाई र सोही नियमावलीको नियम २७ को उपनियम (२) बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा अनिता देवकोटा, देवेन्द्र दाहाल र गोपीबहादुर सार्की (अछामी)लाई पठाइएको छ ।