रञ्जन कोइराला बानेश्वरबाट पक्राउ



काठमाडौँ । सर्वोच्च अदालतले जन्मकैदको सजाय नघटाउने फैसला गरेपछि फरार रहेका पत्नी हत्याका दोषी सशस्त्र प्रहरीका पूर्वडिआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरका अनुसार केहीबेर अघि कोइराला बानेश्वरस्थित एक घरमा लुकिरहेको अवस्था समातिएका हुन् ।

बिहिबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडाल सम्मिलित संयुक्त इजलासले उनलाई जन्मकैदको फैसला गरेको थियो । यसअघिका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला पुनरावलोकन भएसँगै उनी फेरि पक्राउ परेका हुन् ।