मौन अवधिमा प्रचार गरेको भन्दै दाहाललाई निर्वाचन आयोगले सोध्यो ८ घण्टे स्पष्टीकरण



काठमाडौँ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ८ घण्टे स्पष्टीकरण सोधेको छ । मौन अवधिमा प्रचारप्रसार भएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधिएको हो ।

बिहीबार माडी नगरपालिका वडा नम्बर ५ मा रहेको होटेल प्याराडाइज र भरतपुर महानगरपालिकाको चनौली र दिव्यनगरमा उम्मेदवार र कार्यकर्तालाई भेटी गठबन्धनकाे तर्फबाट उम्मेदवार रहेकाे व्यक्तिकाे पक्षमा मत मागेका विषयमा आयोगले स्पष्टीकरण सोधेको हो ।


निर्वाचन आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘मौन अवधिमा यहाँबाट भएका क्रियाकलापबाट निर्वाचन आचारसंहिता, २०७८ को दफा १६ को खण्ड (क) र खण्ड (ग) मा उल्लिखित “मौन अवधिमा पालना गर्नुपर्ने आचरणको उल्लङ्घन भएको छ ।प्रस्तुत सन्दर्भमा यहाँबाट निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको अवस्थामा यहाँको नाम निर्वाचन आचारसंहिताको उल्लङ्घनकर्ताको रुपमा किन सार्वजनिक गर्नु नपर्ने हो ?’

यस्तो छ दाहाललाई सोधिएको स्पष्टीकरण