मतदातालाई पैसा बाँड्न गएको होइनः भट्टराई



बुटवल । बुटवलमा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराईले आफू पैसा बाँड्न नहिँडेको बताएकी छन् ।

उनले भारतमा हालै क्यान्सर उपचार गराएर आएका बुटवल–११ माझगाउँ निवासी महेन्द्र अर्यालकी श्रीमती लीला अर्याललाई भेट्न गएको बताएकी छन् । बुटवल ११ टपमजुवामा मतदातालाई पैसा बाँडेको आरोप लगाएको भन्दै भट्टराईले आपत्ति जनाएकी छन् ।