भुवन केसी र स्वेता खड्का कांग्रेस प्रवेश



काठमाडौँ । अभिनेता भुवन केसी, रवीन्द्र खड्का र अभिनेत्री स्वेता खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् । मंगलबार उनीहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले टीका लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका अभिनेता खड्काले लोकतान्त्रिक दल नेपाली कांग्रेसलाई सघाउने निर्णयअनुसार पार्टी प्रवेश गरेको बताए । यसअघि भुवन स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयरमा उम्मेदवार बन्ने चर्चा थियो ।


२०७० सालको संविधानसभा चुनावमा भुवन एमाले प्रवेश गरेका थिए । त्यसबेला उम्मेदवार बन्न टिकट पाए पनि पार्टीभित्रैबाट विरोध भएपछि एमालेले उनको नाम फिर्ता लिएको थियो ।