दुवाकोट सडक कालोपत्रे हुने



भक्तपुर । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरको वडा नं २ स्थित दुवाकोट सडक एक वर्षभित्र कालोपत्रे गरी निर्माण सम्पन्न गरिने बताएका छन् ।

दुवाकोटको केएमसी चोकमा आज ढल विकास व्यवस्थापन कार्यको शिलान्यास गर्दै प्रमुख खत्रीले सल्लाघारीदेखि चाँगु जोड्ने उक्त सडक एक वर्षभित्र निर्माण सम्पन्न हुने गरी कार्य अघि बढाइने बताएका हुन् ।


भक्तपुरको सल्लाघारीबाट चाँगु जाने उक्त सडक दुवकोटमा प्रस्तावित वीर अस्पताल जाने मुख्य सडक हो । उक्त सडकले नगरको वडा नं। १, २ ३ र ४ लाई जोड्ने गर्दछ ।

उनले नगरमा सडकको कटान, डुबान जस्ता समस्या रहेको बताउँदै त्यस्ता समस्या समाधान गर्न घर अगाडिको कुलो, खोल्सा सफा राख्न नगरवासीलाई आग्रह समेत गरे ।