गोला प्रक्रिया पारदर्शी छ : कामु प्रधानन्यायाधीश कार्की



काठमाडाैँ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्ने कार्य पारदर्शी भएको बताएका छन् ।

कानून दिवसका अवसरमा सर्वोच्च बार एसोसिएनले आज आयोजना गरेको कार्यक्रममा उहाँले मुद्दाको पेसी व्यवस्थापन गर्ने कार्यक्रम गोला प्रक्रिया निष्पक्ष र पारदर्शी भएको बताएका हुन् ।


“न्यायपालिकामा धेरै समस्या छ, त्यसमा पनि जिल्ला र उच्चमा भन्दा सर्वोच्च अदालतमा बढी समस्या छ”, कामु प्रधानन्यायाधीश कार्कीले भने, “गोला प्रक्रियाबाट मुद्दाको पेसी व्यवस्थापन गर्न सुरु गरेपछि पारदर्शीता भएको छ ।” उले नन्यायपालिकाप्रति जनताको आशा भरोसा दिलाउनका लागि सबैले साथ दिनुपर्ने बताए ।