कास्कीको रुपा गाउँपालिकामा कांग्रेसको आग्रता



कास्की । कास्कीको रुपा गाउँपालिकामा शुक्रबार भएको निर्वाचनमा १० हजार ३४४ मत खसेको छ । गाउँपालिकामा कूल १४ हजार ६७५ मतदाता थिए ।

सबै मतदान केन्द्रको मतपेटिका आएसँगै सर्वदलीय वैठक बसी मतगणना सुरु गरिएको निर्वाचन अधिकृत रुद्र सुवेदीले जानकारी दिए । गाउँपालिकाको वडा नं १ र २ को मतगणना भइरहेको र हाल ८०० जति मतगणना भइसकेको उनले जानकारी दिए । उनकाअनुसार गणनामा वडा नं १ मा नेपाली कांग्रेस र वडा नं २ मा नेकपा (एमाले)ले अग्रता लिएको छ ।