स्याङ्जाको हरिनास- १ मा कांग्रेसका गुरुङ विजयी



स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिका १ मा नेपाली कांग्रेसका ईन्द्रबहादुर गुरुङ विजयी भएका छन् ।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन रहेको उक्त वडामा विजयी हुनुभएका गुरुङले ८०४ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का मिलनराज श्रेष्ठले ५४२ मत प्राप्त गरे । दुई वडाध्यक्षकाबीचमा २६२ को मतान्तर रहेको छ ।


त्यस्तै सदस्यमा गठबन्धनका तर्फबाट लक्ष्मी विक ८२३, देवीमाया दर्जी ८०९, तेजबहादुर थापा ७६५, प्रेमबहादुर मानन्धर ८०४ मतसहित विजयी भएको निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धनकै सुरुआती अग्रता रहेको जनाइएको छ । गठबन्धनकातर्फबाट कांग्रेसले अध्यक्षमा ८३१ मत ल्याउँदा एमालेले ५१८ मत प्राप्त गरेको छ । स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिकामा ९७ वडा छन् ।