सत्ता गठबन्धनले निर्वाचनमा हिंसा भड्काउन खोज्यो : केपी ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनले अधिनायकवादी  चरित्र देखाएको आरोप लगाएका छन् ।

ओलीले शुक्रबार मतदान सम्पन्न भएपछि विज्ञप्ति जारी गरी सत्ता पक्षीय गठबन्धनले केही स्थानमा एमालेविरुद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यकरुपमा वातावरण विथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने काम गरेको आरोप लगाएका हुन् ।


विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्र र अग्रगमनको नाम जपी अलोकतान्त्रिक र प्रतिगामी अभ्यासमा लिप्त रहने पाँच दलीय सत्ता गठबन्धनबाट यसप्रकारको अधिनायकवादी कार्य भयो । ती स्थानमा गृह प्रशासन अस्वाभाविकरुपमा असन्तुलित देखियो।’ उनले मतदातालाई आतंकित पारिएका स्थानमा पुनः मतदान गरी उजुरी आएको भन्दै यसलाई गम्भीर रुपमा लिन समेत निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।