भरतपुर महानगरपालिकाको मतगणना सुरू



चितवन । चितवनस्थित भरतपुर महानगरपालिकाको मतगणना सुरू भएको छ । शनिबार बिहान झण्डै १२ बजे महानगरको वडा नम्बर १ बाट गणना सुरू गरिएको हो।

भरतपुरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा माओवादी केन्द्रकी रेनु दाहाल रहेकी छन् भने एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन् । 


एक लाख ८५ हजार मतदाता रहेको भरतपुर महानगरमा शुक्रबार भएको मतदानमा १ लाख २७ हजारले मत दान गरेका थिए ।