नेपालगञ्जमा मतगणना सुरु



नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मतगणना सुरु भएको छ ।

सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु भएको बाँकेका जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिए । उनका अनुसार जिल्लाको जानकी गाउँपालिका, खजुरा, बैजनाथ, नरेनापुर र राप्ती सोनारी गाउँपालिकामा बिहानदेखि मतगणना सुरु भएको छ ।


बाँकेमा ६५ प्रतिशत मतदान भएको थियो । एक उपमहानगरपालिका, ६ गाउँपालिका रहेको जिल्लामा बाँकेका आठ स्थानीय तहमा तीन लाख २९ हजार ४७३ मतदाता रहेका छन् । बाँकेका आठ स्थानीय तहमा १३६ मतदानस्थल र ३७९ मतदान केन्द्र रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here