नवनियुक्त कानुनमन्त्रीद्वारा पदभार ग्रहण



काठमाडाैँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) ले पदभार ग्रहण गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा नियुक्त गरे लगत्तै उनले पदभार ग्रहण गरेका हुन् । शीतल निवासमा दिउँसो २ बजे शपथ लिएर उनी पदभार ग्रहणका लागि सिंहदरबार पुगेका थिए।


सरकारले कोइरालालाई कानुन मन्त्रीमा नियुक्त गरेसँगै नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएको छ। यसअघि कानुन मन्त्रालय सम्हाल्दै आउनुभएका बडूलाई प्रधानमन्त्री देउवाले सम्हाल्दै आउनुभएको वाणिज्य मन्त्रालयका जिम्मेवारी दिइएको हो।