जापानको होक्काइडो नजिक २६ जना यात्रु बोकेको डुङ्गा बेपत्ता



जापानी तटरक्षकले २६ जना सवार हराइरहेको काजु १ क्रुज जहाज भेट्टाउन नसकेको जापानी क्योडो समाचार एजेन्सीले मेरीटाइमलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

एजेन्सीका अनुसार चालक दलका दुई सदस्य र दुई बालबालिकासहित २४ जना यात्रु सवार उक्त डुङ्गा उच्च छाल र तीव्र हावाको बावजुद उत्तरी टापु होक्काइडोको पूर्वी बन्दरगाहबाट छुटेको थियो। कोस्ट गार्डद्वारा लगभग १६.१५ जीएटीमा सङ्कट देकिएको सङ्केत प्राप्त भएको थियो।


एक हेलिकप्टर र गस्ती जहाजहरू संदिग्ध स्थानमा पठाइएको थियो । तर दुई घण्टाको खोजी पछि पनि उद्धारकर्ताहरूले जहाज पत्ता लगाउन सकेका छैनन् ।