उम्मेदवारी फिर्ता लिन आज अपरान्ह ५ बजेसम्म समय



काठमाडाैँ । उम्मेदवारी फिर्ता लिन चाहनेहरूले आज अपरान्ह ५ बजेसम्म फिर्ता लिन सक्ने निर्वाचन आयोगले बताएको छ ।

वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गरेकाहरूले केही कारणले उम्मेदवारी फिर्ता लिन चाहे मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।


आयोगले आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी पनि गरेको छ ।