अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छः महामन्त्री शर्मा



काठमाडौँ । सत्ता घटक मध्येको प्रमुख दल नेपाली कांग्रेसभित्रबाट अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय अर्को आदेश जारी नभएसम्मका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि कांग्रेसले अर्थमन्त्रीको राजीनामा माग गरेको हो ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विगतमा कांग्रेस नेता महेश आचार्य अर्थमन्त्री हुँदा आफ्नो प्रस्तावमा गभर्नरको विदाईको निर्णय उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिएको प्रसंग उल्लेख गर्दै यस्तो नैतिकता देखाउनुपर्ने बताएका हुन् ।


उनले भनेका छन्, बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्– नैतिक मुल्यको प्रस्तुतीलेनै सुन्दर बन्दै जान्छ राजनीति ! समयले सम्झना गरिरहेको छ काँग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर विदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो ।