काठमाडौँ । अधिवक्ता गोविन्दप्रशाद शर्मा काेइराला (बन्दी) कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् ।
उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाको शिफारिसमा कानुनमन्त्रीमा नियुक्ति गरिएको हो । उनले आजै २ बजे सपथ लिने तयारी भई रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
यसै गरी नेपाली काँग्रेसका नेता दिनेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य तथा आपू्र्ति मन्त्रालयमा नियुक्त गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले गोविन्दप्रसाद शर्मा (कोइराला)लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा नियुक्त गरेकी हुन्।
साथै, कानुन मन्त्रालय सम्हाल्दै आएक बडूलाई हाल प्रधानमन्त्री देउवाले सम्हादै आएक वाणिज्य मन्त्रालयमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।