बालकोटमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौँ । सत्ता गठबन्धनमा एमसीसीबारे सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

सत्ता गठबन्धनको बैठक सकिए लगत्तै प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् । गठबन्धनको बैठकमा प्रधानमन्त्रीले एमसीसी टेबल गरेर संसद्मै छलफल गर्न प्रस्ताव गरेका थिए ।


तर अन्य दलका नेताहरूले त्यसलाई अस्वीकार गरेपछि प्रधानमन्त्री ओलीलाई भेट्न गएका हुन् ।एमाले अध्यक्ष ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईँले दुई नेताबीच समसामयिक राजनीतिकाबारे छलफल भएको जानकारी दिएका छन् ।

यता माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने एमसीसी पास गर्न सत्तासाझेदार दलहरु तयार नदेखिएपछि प्रधानमन्त्री देउवा ओलीलाई गुहार्न . बालकोट गएका बताएका छन् ।

यसअघि आज बिहान कांग्रेस नेता डा. मिनेन्द्र रिजालले पनि एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए । गठबन्धनमा सहमति नभएपछि कांग्रेस एमालेसँग वैकल्पिक गठबन्धन गर्न लागेको बताइएको छ ।