मधेस प्रदेशमा आज सार्वजनिक बिदा



जनकपुरधाम । प्रदेशमा आज मंगलबार सार्वजनिक बिदा घोषणा गरिएको छ । सोमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएको हो । 

मधेश प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले मंगलबार प्रदेशमा बिदा दिने निर्णय भएकाे बताए । नाम र राजधानी तय भएपछि खुशियालीमा बिदा दिइएको उनको भनाइ छ ।