प्रदेश नं १ मा ८९१ मा कोरोना सङ्क्रमण पुष्टि



विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा २८०, मोरङमा २६८, झापामा ६८, धनकुटामा १५, इलाम, सङ्खुवासभा र उदयपुरमा दुई-दुई, ताप्लेजुङ, पाँचथर र भोजपुरमा एक-एक र प्रदेश बाहिरका ३७ जनामा सङ्क्रमण देखिएको हो । सुनसरीको धरानमा १७६, इटहरीमा ७७, बर्जुमा छ, इनरुवा र स्थानीय तह नखुलेका चार-चार, देवानगञ्ज, बराहक्षेत्र र कोसी गाउँपालिकामा तीन-तीन, हरिनगर र रामधुनीमा दुई-दुई, मोरङको विराटनगरमा २४०, सुन्दरहरैचामा १०, बूढीगङ्गा र स्थानीय तह नखुलेका तीन-तीन, लेटाङ, कानेपोखरी र ग्रामथानमा दुई-दुई, धनपालथान, सुनवर्षी, कटहरी, उर्लाबारी, पथरी शनिश्चरे र रङ्गेलीमा एक-एक जनामा सङ्क्रमण देखिएको छ ।


यसैगरी झापाको विर्तामोडमा १७, भद्रपुरमा १५, दमकमा नौ, कनकाइमा आठ, शिवसताक्षी र मेचीनगरमा पाँच-पाँच, अर्जुनधारामा चार, कचनकवल र कमल गाउँपालिकामा दुई-दुई, गौरादहमा एक, धनकुटाको धनकुटा नगरपालिकामा १०, चौबिसे, साँघुरीगढी र पाख्रिबासमा एक र स्थानीय तह नखुलेका दुई, इलामको इलाम नगरपालिकामा दुई, सङ्खुवासभाको मकालु र स्थानीय तह नखुलेका एक-एक, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका एक÷एक, ताप्लेजुङ, पाँचथर र भोजपुरमा एक-एक र प्रदेश बाहिरका ३७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आज नौ महिलासहित २३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने कोरोना सङ्क्रमणबाट दुई पुरुषको मृत्यु भएको छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ७१९ रहेको मन्त्रालयले जनाएको छ ।