थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४६२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । संक्रमित मध्ये काठमाडौं उपत्यकाका ३ हजार ७९१ जना छन् ।

मन्त्रालयका अनुसार विभिन्न जिल्लाबाट ल्याइएका ३२ वटा नमूनामा २८ वटामा ओमिक्रोन र चार वटामा डेल्टा भेरियन्ट पुष्टि भएको छ । यसबाट ८८ प्रतिशतलाई ओमिक्रोन संक्रमण भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


त्यस्तै पछिल्लाे २४ घण्टामा थप १ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् । याेसंगै संक्रमणमुक्त हुनेकाे कुल संख्या ८ लाख २१ हजार ६९९ पुगेकाे छ । नेपालमा हाल संक्रमणमुक्त हुने दर ९०.३ प्रतिशत रहेकाे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । याेसंगै नेपालमा काराेना संक्रमणबाट मृत्यु हुनेकाे कुल संख्या ११ हजार ६५५ पुगेकाे छ । नेपालमा काराेना संक्रमणबाट हुने मृत्यु दर १.४ प्रतिशत रहेकाे छ ।