एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौंँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको सचिवालयले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । त्यस्तै अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण भएको छ । अध्यक्ष ओलीलाई कोरोना पोजिटिभ देखिएपछि आज हुने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।