निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्री देउवाको आग्रह



काठमाडौं, माघ ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व आफू नेतृत्वको सरकारको काँधमा रहेको भन्दै निर्वाचन तयारीका काम गर्न सबै सरोकारवालालाई आग्रह गरेका हुन् ।


‘तीन तहको निर्वाचन गर्नेपर्ने दायित्व छ । निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु । ‘, उनले सम्बोधनमा भनेका छन् ।