गलकोट सांस्कृति संरक्षण तथा समाज विकास मञ्च जापानकाे अध्यक्षमा डम्मर खत्री चयन



जापान । गलकोट सांस्कृति संरक्षण तथा समाज विकास मञ्च जापान शाखाको दोस्रो अधिवेशनबाट डम्मर खत्री अध्यक्षमा निर्वाचित भएका छन् । उक्त अधिवेशनले नयाँ कार्यकाल(२०२२-२०२४)को लागि डम्मर खत्रीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमितिको चयन समेत गरेको छ ।

निर्वाचित हुनेमा वरिष्ठ उपाध्यक्षमा तेजिन्द्र के.सी, उपाध्यक्षमा असिम खत्री र वीरबहादुर साहनी, महासचिवमा नविन कुवँर (खिम), सचिवमा शुशिल खत्री र सोम परियार, कोषाध्यक्षमा नइन्द्र कुवँर (नविन) र सह-कोषाध्यक्षमा सन्त बहादुर खत्री रहेको निर्वाचन संयोजक डोलबहादुर खत्रीले जानकारी दिए ।


अधिवेशनले मञ्चको खेल संयोजकमा बम बहादुर खत्री र मनोज के.सी तथा नेपाल जापान संयोजकमा सन्तोष खत्री र गणेश के.सीलाई चयन गरेको छ । त्यसैगरि मंचको निर्वाचित सदस्यहरूमा नेत्र खत्री,कमन सुनार, लक्षु खत्री,ज़ोन कुवँर, प्रेम खत्री, तेजु खत्री,लिला बस्नेत, चन्द्र खत्री, देवजंग खत्री, विजय पन्त,रिम ब.खत्री र प्रितम खत्री रहेका छन् ।

मंचको संरक्षकमा झविन्द्र खत्री, रुद्र खत्री र कुल ब.पन्तलाई चयन गरिएकाे छ भने सल्लाहकारहरूमा मिठु खत्री( टेक), रतन खत्री, डोल खत्री, दिपिन साहनी ,बम ब.खत्री र फम खत्री रहेका छन् ।

आफ़नो संस्कार र संस्कृति रीतिरिवाज नै पहिचानको मुख्य आधार रहेकोले त्यसको संरक्षण समवर्धनको लागि संसारको जुनसुकै ठाउमा रहेपनि एकजुट हुनु पर्नेमा कार्यक्रममा बोल्ने वक्ताहरूले जोड दिएका थिए । उनीहरूले बागलुङको गलकोटले संस्कृति कला र खेलकुदको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेकोले त्यसको निरन्तरताको लागि मंचले आवश्यक सहयोग गर्नका लागि योजनाबद्द रूपमा कार्य गर्नुपर्ने सुझाव पनि व्यक्त गरेका थिए ।