एमाले जिल्ला अधिवेशन : मोरङ जिल्ला अध्यक्षमा पोखरेल निर्विरोध निर्वाचित



माेरङ । मोरङ जिल्ला अध्यक्षमा पोखरेल मोरङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङको अध्यक्षमा ऋषिकेश पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

एमालेको शनिबार राति सम्पन्न दुईदिने जिल्ला अधिवेशनले उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साहको निर्विरोध निर्वाचित भएका छन् ।


यस्तै १६५ जनाको जिल्ला समितिको सदस्य पदको निर्वाचन पार्टी कार्यालय पाञ्चालीमा सोमबार बिहान १० बजेदेखि हुने बताइएको छ ।