आदिवासी-जनजातितर्फ कांग्रेस सहमहामन्त्रीमा देउवा समूहका भीष्मराज आङ्देम्बे विजयी



काठमाडाैँ । नेपाली काँग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भएका छन् । १४ औं महाधिवेशनबाट विकाश लामालाई पराजित गर्दै आङदेम्बे विजयी भएका हुन् ।

आदिवासीतर्फ ४६८१ मत खसेकोमा आङदेम्बेले २७११ मत ल्याएका छन् भने विकास लामाले १९१३ मत मात्र पाए । आङ्देम्बे देउवा प्यानलका उम्मेदवार हुन् भने लामा शेखर कोइराला पक्षका उम्मेदवार हुन् ।