राप्रपा महामन्त्रीमा रेखा थापा लाई हराउँदै कुन्तीकुमारी शाही विजयी



काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को  महामन्त्रीमा रेखा थापा लाई हराउँदै कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल भएकी हुन् ।

आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरिन् । शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा राजेन्द्र लिङ्देन​को समूहबाट लडेकी थिइन् । अध्यक्षमा लिङ्देन विजयी भएका छन् तर महामन्त्रीमा थापा भने पराजित भएकी छन् ।