कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित



काठमाडौँ । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र  धनराज गुरुङ निर्वाचित भएका छन् । बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार उपसभापतिमा खड्का र गुरुङ उसभापतिमा निर्वाचित भएका हुन् । खड्का सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार हुन् भने  गुरुङ डा. शेखर कोइराला पक्षका हुन् ।

खड्काले २१२१ मत प्राप्त गरेका छन् भने गुरुङले १९०८ मत प्राप्त गरी उपसभापतिमा विजयी भएका छन् । देउवा पक्षका विजय गच्छदार भने गुरुङसँग २ मतान्तरले पराजित भएका छन् । उनले १९०६ मत प्राप्त गरेका छन् । त्यस्तै उपसभापतिका अर्का उम्मेदवार चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् ।