कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी



काठमाडाैँ । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन् । राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्।

उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका हुन् । थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो।