मोना जापान परिवार तथा बिम समाज जापानद्वारा पुनकाे उपचारकाे लागि आर्थिक सहयाेग हस्तांतरण



कोरोना सङ्क्रमित भई हाल टोक्यो वोमन्स मेडिकल युनिभर्सिटी याचियो मेडिकल सेन्टर चिवाको हस्पिटलमा उपचार गराइरहेका ज्ञान पुनलाई मोना जापान परिवार तथा बिम समाज जापानकाे तर्फबाट आर्थिक सहयाेग प्राप्त भएकाे छ ।

जापानको चिवा चुचिउरा दाइकितामा बस्दै आएका म्याग्दी मालिका गा.पा.५ रुम निवासी पुन कोरोना सङ्क्रमणकाे कारण स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि फोक्सो झन्डै ९५% जलिसकेको अवस्थामा हस्पिटल भर्ना भएका थिए । पेशाले कुक पुनकाे करिब दुई महिना देखी टोक्यो वोमन्स मेडिकल युनिभर्सिटी याचियो मेडिकल सेन्टर चिवाको हस्पिटलमा उपचार भइरहेकाे छ ।


पुनकाे स्वास्थ्यमा पहिला भन्दा क्रमिक रुपमा केही सुधार भएको र अझै सुधार गर्न विभिन्न खालका उपचार बिधिहरु अपनाउनुपर्ने हुँदा उपचार अती खर्चिलो हुने डाक्टरले बताएपछि बिरामी ज्ञान पुनकी श्रीमती थानदेबी पुनले सहयोग गरिदिन मोना जापानलाई अपिल गरेकि थिइन् ।

उनलाइ पर्न गएकाे आर्थिक भारलाई केही हदसम्म सहायता मिलोस भन्ने उदेश्यका साथ मोना जापानका उपाध्यक्ष हेम जुग्जाली मगरको संयोजकत्व र कोसाध्यक्ष ज्ञानेन्द्र कार्कीको उप-संयोजकत्वमा मोना जापान र बिम समाज जापानको सयुक्त पहलमा चलाइएको सहयोग अभियान बाट उठेको कुल रकम ¥५२१,२०० ( पाच लाख, एकाइस हजार दुइसय एन) बिरामी ज्ञान पुनकी श्रीमती थानदेबी पुनलाई संघका अध्यक्ष सचिन श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष बिशाल केसि र अभियान संयोजक संघका उपाध्यक्ष तथा बिम समाज जापानका अध्यक्ष हेम जुग्जालीको उपस्थितिमा हस्तांतरण गरिएकाे छ ।

यस अभियानमा सहयोग गर्ने जापानबासी सम्पूर्ण म्याग्देली गैर म्याग्देली नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा मोना जापान परिवार साथै बिम समाज जापानले हार्दिक आभार तथा धन्यवाद ब्यक्त गरेकाे छ l