महाकवि देवकोटाको जयन्तीमा काव्य गोष्ठी



१८ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीका अवसरमा आज अनामनगरमा नागार्जुन साहित्यिक प्रतिष्ठानले काव्य गोष्ठीको आयोजना गरेको छ ।

महाकवि देवकोटाको व्यक्तित्व चर्चा, उनको ‘भिखारी’ शीर्षकको कविता वाचन र अन्य कविहरुका कविता वाचनसहित सम्पन्न गोष्ठीमा वरिष्ठ समालोचक प्रा डा बद्रीविशाल पोखरेलले महाकवि देवकोटालाई नयाँ पुस्ताले गहनरुपमा पढ्न र बुझ्न आवश्यक रहेको बताए । उनले तत्कालीन व्यवस्थाले उनलाई जनताका पक्षमा लागेका नाममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट उपलब्ध हुनुपर्नै तलब सात महिनासम्म निकासा नभएका जस्ता पीडादायी अवस्था उजागर हुनुपर्ने भनाइ राखे ।


कार्यक्रममा शिवप्रसाद आचार्य, वैरागी जेठा, प्रकाश सिलवाल, चेतनाथ धमला, माधव निर्दाेष, यशोदा अधिकारी, शिवहरि पाण्डेलगायतले रचना प्रस्तुत गरेका थिए । केही स्रष्टाले भर्चुअलरुपमा रचना प्रस्तुत गरेका थिए । सोही अवसरमा आगामी मङ्सिरमा लोकतान्त्रिक साहित्यिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको संस्था नागार्जुनको अधिवेशन तयारीका लागि संस्थापन अध्यक्ष जेठाका अध्यक्षतामा पाँच सदस्यीय समिति गठनको घोषणा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here