रसिकको बालकथा सङ्ग्र्रह ‘गुलेली’



१९ असाेज । साहित्यकार तथा पत्रकार जितेन्द्र रसिकको १२औँ कृति बालकथा सङ्ग्रह ‘गुलेली’ प्रकाशित भएको छ । शिखा बुक्सले प्रकाशनमा ल्याएको सो सङ्ग्रहमा छवटा कथा रङ्गीन चित्रसहित प्रस्तुत गरिएको छ ।

सङ्ग्रह ‘गुफाको बाघ’, ‘सपना र विज्ञान’, ‘गुलेली’, ‘केरकारे कान्छो’, ‘सिङ्गौरीको सहर भ्रमण’ र ‘सोरोको खुत्रुके’ शीर्षकका कथा सङ्ग्रहित छन् । पछिल्लो समय कोभिड महामारीले घरमा थुनिएर बसेका बालबालिका कोभिड महामारी कम हुँदै गएपछि विद्यालय जान थालिसकेकाले ती बालबालिकाका लागि रिफ्रेसमेन्ट राख्न कथा सङ्ग्रह उपयोगी हुने कथाकार रसिकको भनाइ छ ।


बालबालिकाका लागि दसैँ बिदा लक्षित गरेर बजारमा ल्याइएको कथा सङ्ग्रहमा चित्र प्रज्वल थापामगरको रहेको छ भने कथाको सम्पादन साहित्यकार गोपीकृष्ण ढुङ्गानाले गरेका हुन् ।