हिरोशिमा परमाणु बम विष्फोट भएको ७६ वर्ष



शुक्रवार पश्चिमी जापानको हिरोशिमामा अमेरिकी परमाणु बम विष्फोट भएको ७६ वर्ष भयो। शहरको शान्ति मेमोरियल पार्कमा बिहान 8 बजे वार्षिक समारोह शुरू हुनेछ।कोरोना भाइरसको फैलावटको कारण सहभागीहरुको संख्या लग्भ्ग ८०० को आसपास हुने अनुमान गरिएको छ। त्यो संख्या सामान्य बेला को भन्दा १० प्रतिशत कम रहेको छ।

अमेरिकाले ७६ वर्ष अगाडि दुई जापानी सहर हिरोशिमा र नागासाकीमा अगस्ट ६ र ९ मा परमाणु बम खसालेपछि त्यसले द्वितीय विश्वयुद्धलाई समाप्तितिर मोडेको थियो।परमाणु बमले कतिको मृत्यु भयो भन्ने तथ्याङ्क अनुमान मात्रै हो। तर हिरोशिमाका ३५०,००० जनसङ्ख्यामध्ये १४०,००० र नागासाकीमा कम्तीमा ७४,००० मानिस मरेको बताइन्छ।


बमको विकिरिणको असरका कारण हप्तौँ, महिनौँ र वर्षौँपछि पनि मानिसहरू विभिन्न रोगले मरेका थिए।बम विस्फोटपछि एशियामा युद्ध समाप्त भएको थियो र जापानले सन् १९४५ अगस्ट १४ मा आत्मसमर्पण गरेको थियो।आलोचकहरू बम खसाल्नु अगाडि नै जापान समर्पण गर्ने अवस्थामा पुगिसकेको बताउँछन्।

हिरोशिमामा खसालिएको ‘लिटल बोइ’ नामक बममा लगभग १५,००० टन विस्फोटक पदार्थको शक्ति थियो र यसले १३ वर्गकिलोमिटर क्षेत्रलाई ध्वस्त पार्यो।