मेयरले ओलम्पिकको स्वर्ण पदक टोके पछी विवादमा



बुधवार नागोयाका मेयर ताकाशी कावामुराले स्वर्ण पदक टोके पछी विवादमा र आलोचनाको सामना गर्नु परेको छ | ओलम्पिक खेलमा स्वर्ण पदक जिते पछि, जब जापानी महिला सफ्टबल टीमका एक २० वर्षीय सदस्य मिउ गोतो नगरपालिका पुगे,सोही बेला मेयर ताकाशी कावामुराले, सो स्वर्ण पदक आफुले लगाएर फोटो खिच्ने क्रम्मा , सो स्वर्ण पदक खेलाडिको अनुमति बिनानै टोक्न पुगेका थिए |

त्यस लगत्तै मेयर ताकाशी कावामुरा आलोचनाको भुमरीमा परेका थिए | सोही दिन मेयर कावामुराले माफी मग्नु पर्छ भन्दै नागोया शहरको कार्यालयमा ४,००० भन्दा बढी उजुरी परेको थियो |