‘माधव कमरेड, तपाईंले पनि झेली कुरा गर्न सिक्नुभएछ’- नेता प्रदीप नेपाल



नेकपा एकीकृत समाजवादीका नेता प्रदीप नेपालले अध्यक्ष माधव नेपालको साथ छोड्ने संकेत गरेका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष नेपालले समेत झेली कुरा गरेकोले धोकाको उपहार लिएर जानुपर्ने अवस्था आएको बताएका छन् ।

‘माधव कमरेड, म केपीसँग जान्न किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ’ नेता नेपालले भनेका छन्,  ‘तपाईंले पनि झेली कुरा गर्न सिक्नुभएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो । विदा ।’