बेलारूसी ओलम्पिक धावकलाई पोल्याण्डको भिसा प्रदान गरियो (भिडियो सहित …)



पोल्याण्डका उप विदेश मंत्रीले सोमबार ट्वीट मार्फत बेलारुसियन ओलम्पिक धावकलाई पोल्याण्डको भिसा प्रदान गरिएको जान्कारी गरेका छन । ट्वीटमा उनले लेखेका छन “पोल्याण्डले बेलारुसियन ओलम्पिक धावकलाई जुन सुकै सहयोग गर्ने” बताएका छन ।


क्र्य्स्त्शिना सिमोनोसुकाया ओलम्पिकमा भाग लिन जापान आएका थिए। आइतबार टोकियोको हानेदा विमानस्थलमा २४ वर्षीया धावकले जापानी प्रहरीलाई उनी घर फर्कन चाहन्नन् भनेका थिईन । लगत्तै उनी भोलिपल्ट टोकियोमा पोल्याण्ड दूतावास गएका थिए।
क्र्य्स्त्शिना सिमोनोसुकाया चाँडै पोल्याण्डको लागी प्रस्थान हुने अपेक्षा गरिएको छ।क्र्य्स्त्शिना सिमोनोसुकायाले जापानि मिडियालाई आफुलाई जबरजस्ती घर फिर्ता पठाइन लगेको बताएका थिईन ।