२८ साउन । गत २४ घण्टामा नेपालमा थप ३ हजार २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ८०६ जनाको पिसिआर परीक्षण गर्दा दुई हजार ४७३ र चार हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
विगत २४ घण्टामा १५ हजार ४६२ जनामा नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सक्रिय सङ्क्रमितको कूल सङ्ख्या ३८ हजार १८० पुगेको छ ।
सो अवधिमा २ हजार २९४ जना सङ्क्रमणमुक्त भएका छन् । याे सँगै नेपालमा सङ्क्रमणमुक्त हुनेकाे कूल संख्या ६ लाख ७७ हजार ३७७ पुगेकाे छ । । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ ।
यस्तै विगत २४ घण्टामा कोभिडका कारण ३३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म कूल १० हजार २१२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल मृत्युदर १.५ प्रतिशत रहेको छ ।
मन्त्रालयको अनुसार ७३७ जना सघन उपचार कक्षमा १८३ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । त्यस्तै ३४ हजार ८३८ जना होम आइसोलेशन, ३ हजार ३४२ संस्थागत आइसोलेशन र ४४१ जना क्वारेन्टिनमा रहेका छन् ।