थप ३४५१ जनामा संक्रमण पुष्टि, ३५ को मृत्यु



३२ साउन । गत २४ घण्टामा देशभर ३४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।  

स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३४ हजार ८३८ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ७६ हजार १५ जनामा पुष्टि भएको छ । 


यस्तै पछिल्लाे २४ घण्टामा २४५८ जना काेराेना संक्रमणमुक्त भएका छन् । याे संगै हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ ।

यस्तै गत २४ घण्टामा थप ३५ जनाले काेराेना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । याे संगै नेपालमा काेराेना सङ्क्रमणका कारण मृत्यु हुनेकाे कुल संख्या १० हजार ३२७ पुगेको छ ।