१२ साउन । पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कार अभियोगमा सफाइ पाएका छन् । मंगलबार उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा उनी निर्दोष रहेको ठहर गर्दै सफाइ दिएको हाे । संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो ।
उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले सफाइ दिएको हो । यसअघि काठमाडौं जिल्ला अदालतले पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोग दाबी नपुग्ने ठहर गर्दै महरालाई सफाइ दिने भनी गरेको निर्णयलाई उच्च अदालत पाटनले सदर गरेको हो ।