भक्तपुर जिल्ला समितिमा सभापति दुर्लभ थापाले विपद् व्यवस्थापन समितिका संयोजक मोहन बस्नेतलाई ३ लाख ५१ हजार रुपैयाँ नगद तथा खाद्या सामाग्री हस्तान्तरण गरे । कार्यक्रममा संयोजक बस्नेतले विपद्का कारण समस्यामा परेका नागरिकलाई कांग्रेसको अग्रसरतामा राहत दिने कार्य निकै सकारात्मक रहेको बताए ।
उनले बाढीपिडितको समस्या समाधानका लागि कांग्रेस क्रियाशील रहेको पनि बताए । बाढीबाट क्षति भएको क्षेत्रबाट बालुवा निकाल्न र स्थानीयहरूको घरबाट सामान निकाल्न प्रशासनले नसके कांग्रेसका कार्यकताहरु खटिने उनको भनाइ छ ।
त्यस्तै कांग्रेस भक्तपुरका सभापति थापाले विपद्मा परेका नागरिकलाई सहयोग गर्नु कर्तव्य ठानेर सहयोगको हातअघि बढाएको बताए । कार्यक्रममा कांग्रेस नेता बस्नेतले भक्तपुरका नयाँ क्रियाशिल सदस्यहरुलाई परिचयपत्र वितरण गरेको बताए ।