काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोभीपापी र अवसरवादीरूलाई बोकेर हिँड्दा सन्तोष नहुने र गन्तव्यमा पनि नपुगिने बताएका छन् ।
पार्टीमा नेतृत्व हस्तान्तरणको विषयमा बहस चलिरहेका बेला शनिबार अध्यक्ष थापाले सामाजिक संजालमार्फत बरु एक्लै हिँड्ने तर नकारात्मक सोच भएकाहरुसँग टाढै बस्ने बताएका हुन् । उनले विगतमा धेरै गल्ती गरेको भन्दै अब आफूसँग गल्ती गरेर सच्याउने समय नभएको बताएका छन् ।
थापाले लेखेका छन्, ‘लोभीपापी र अवसरवादीरूलाई बोकेर हिँड्दा सन्तोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ । विगतमा धेरै गल्ती गरियो । अब मसँग गल्ती गरेर सच्याउने समय छैन । त्यसैले,अब मेरो पछि कति छन् भनेर हेर्दिन । बरु एक्लै हिड्छु, नकारात्मक सोच भएकाहरुसँग टाढै बस्छु ।’
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने अध्यक्ष थापाले प्रयास गरेको भन्दै अध्यक्षद्वय पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीले रोकेका थिए । त्यसपछि अध्यक्ष थापाले उनीहरुलाई इंगित गर्दै दुई अल्छी घोडाका कारण पार्टीले गति नलिएको बताएका थिए राप्रपाले शुक्रबार केन्द्रीय निर्देशन समिति र केन्द्रीय बिशेष समिति गठनमा पनि विवाद छ । खासगरी युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न थापामाथि अरुको दवाव छ ।